Showing posts with label corona. Show all posts
Showing posts with label corona. Show all posts

 


बेइजिङ : विश्‍व स्वास्थ्य संगठन (WHO) ले चिनलाई उसले बनाएको कोभिड- १९ विरुद्धको खोप आम नागरिकमा ल्याउन अनुमति दिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् ।

चिनियाँ मिडियाका अनुसार तेस्रो चरणको परीक्षण भइरहेको कोरोनाविरुद्धको खोपलाई  आम नागरिकमा लगाउन चीनले  अनुमति पाएको हो ।  

यससँगै चीन WHO बाट आपतकालीन रुपमा सर्वसाधारणका लागि भ्याक्सिनको अनुमति पाउने पहिलो देश बनेको छ । चीनले तेस्रो चरणमा लगातार पाँच वटा भ्याक्सिन परीक्षण गरिरहेको जनाएको छ । सरकार सञ्चालित कम्पनी सिमोफोर्मले उक्त खोप विकास गरेको हो । जसले यसअघि पनि विभिन्न स्थानमा यसको आपतकालिन रुपमा प्रयोग गर्ने अनुमति पाइसकेको थियो ।


कोराना संक्रमण फैलिने क्रम बढेपछि विश्व स्वास्थ्य संगठन (WHO) ले वन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन सबै मुलुकलाई अपील गरेको छ । ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै मासुको व्यापारमा कडाइ गर्नुपर्ने WHO का प्रमुख डा. टेड्रोस एडहनामले बताएका छन् ।