बैंक बाट सर्बसाधारण कसरी लुटिएका छन्



केही दिन पहिले सामाजिक संजालमा NIC ASIA BANK बाट सर्बसाधारण कसरी ठगिएका छन् भन्ने एउटा भिडियो भाईरल भएको थियो। मेरो बिचारमा यो त एउटा उदाहरण मात्र हो। तपाईंहरु पनि कुनै न कुनै बैंकमा कारोबार त पक्कै गर्नुभएको छ होला।

 

नेपालका सबै बैंकहरुको rate list हेर्ने हो भने प्रस्ट हुन्छ। हामीले दु:ख गरेर कमाएको पुंजी एकदमै न्युनतम ब्याजमा बैंकले जम्मा गर्छ। अनि चर्को ब्याजमा लगानी गर्छ। खाता नखोल्दा सम्म अफर नै अफर। त्यसपछी शुल्क नै शुल्क तिर्नुपर्छ। बैंक अनुसार ATM शुल्क रु १५०० सम्म   Cheque Book शुल्क रु  ५०० सम्म खाताबाट काटिन्छ। यति मात्र होइन हराएको ATMCheque बन्द गर्दा नी चर्को शुल्क तिर्नुपर्ने हुन्छ।  खाता भएको शाखा बाहेक अरु कुनै शाखा बाट ATM वा cheque लिनुपरे पनी चर्को शुल्क तिर्नुपर्छ।

 

अनि internet/mobile banking यस्तै महँगो। ग्राहक बाट शुल्क लिने अनेक बहाना बनाउछंन बैंकहरु। एकपटक Global IME Bank ले mobile banking activate भएको छ भनेर message पठायो। त्यसको शुल्क नी काटिएको रहेछ। मैले पहिले नै web बाट चलाउने internet banking activate गरिसकेको थिएँ। त्यसैले फोन गरेर भर्खरै activate भएको mobile banking cancel गरिदिन भनें। cancel त भयो। तर काटिएको शुल्क फिर्ता आएन। यसरी लाखौं ग्राहकहरुको पैसा काटियो होला। बैंकलाई करोडौं फाइदा भयो होला। ती लाखौं ग्राहक मध्य कती ज्येस्ठ नागरिक थिए होला कती त mobile चलाउन नी नजान्ने थिए होला। जसलाई mobile banking भन्ने के हो कसरी चलाउने हो भन्ने नी थाहा छैन त्यस्तो ग्राहकहरु बाट यसरी शुल्क लिनु कत्तिको सही या गलत हो?

 

यति मात्र कहाँ हो र कुनै बैंकमा त cheque भुक्तानी लिन जाँदा नी के के शिर्षकमा उल्टै शुल्क तिर्नुपर्छ। आफ्नै पैसा लिन जाँदा नी शुल्क तिर्नुपर्ने। यो कँहाको नियम हो? बैंकमा खाता खोलेर पैसा जम्मा गर्न जति सजिलो छ त्यो भन्दा धेरै गाह्रो अनी झन्झट छ ऋण लिन। ग्राहक संख्या बढाउने होडबाजीमा कतिपय बैंकले त नागरिकता नै नबुझाएपनी खाता खोलिदिन्छन्।

यो सबै मैले आफ्नो अनुभव शेयर गरेको हुँ। तपाईंको पनी यस्तै केही अनुभव भए कमेन्टमा भन्न सक्नुहुन्छ।


 

 


0 comments:

Post a Comment